२६ माघ / अर्थ र व्यापार - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोती शाखाले मृतक मोतिलाल न्यौपानेको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी कावासोती शाखाका शाखा प्रमुख दिपक घिमिरे, पेशागत अभिकर्ता संघ कावासोतीका अध्यक्ष कृष्ण बहादुर रिमाल, कावासोती वडा नं ५ का अध्यक्ष हरि बास्तोला सहित अन्य जनमानससहितको उपस्थितिमा उक्त रकम मृतकको श्रीमती बिष्णु न्यौपानेलाई प्रदान गरेको हो ।
मृतक न्यौपानले प्रथम बीमाशुल्क मार्फत ५२ हजार ६ सय ४० रुपैयाँ भुक्तानी गरेको थियो । मृतक न्यौपानले १० लाख र बोनस वापतको रकम ७२ हजार जम्मा गरी १० लाख ७२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
तपाईको प्रतिक्रिया