२८ माघ / अर्थ र व्यापार - ज्योति लाइफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ का बीमीत बिनोद राईलाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ ।
उक्त बीमा वापतको रकम शाखा प्रबन्धक द्वय कबिराज दाहाल,मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले हस्तान्तरण गरेका हुन् । हाल उपचारको क्रममा रहेका राई ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।
बीमीत राईले दुई बर्ष अघि दुई लाख बीमाङ्क घातक रोग सुविधा सहितको बीमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम पित्तथैली को क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया