२४ जेठ / अर्थ र व्यापार - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्टार सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई नियुक्त गरिएको जनाएको छ । गैंडाकोट नपा–२, कालिगण्डकी चोक, नवलपुरको सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नका उक्त शेयर रजिष्टार नियुक्त गरिएको हो ।
उक्त कार्यका लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रम्ुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठद्वारा बिहीबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको पनि संस्थाले जनाएको छ ।
तपाईको प्रतिक्रिया