१६ जेठ /अर्थ र व्यापार - इन्फिनिटी लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सोमबारदेखि सर्वसाधारणका लागि जारी भएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ जारी गरेको थियो । कम्पनीले सर्बसाधारणका लागि कुल ६ लाख ७४ हजार कित्ता आइपिओमध्य ६ लाख २९ हजार ९३० कित्ता शेयर विक्री खुल्ला गरेको हो ।
बाँकी शेयर मध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सोमबारदेखि छिटोमा जेठ १६ र ढिलोमा असार १० गते सम्म विक्रीमा रहेको यस आईपीओमा तोके बमोजिम आवेदन परे छिटो अवधिभित्र विक्री बन्द हुनेछ । हाल १४ करोड रुपैयाँ चुक्तपूँजी रहेको यस कम्पनीको आइपिओ पश्चात २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया