१७ जेठ /अर्थ र व्यापार - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा १० गुणा बढि आबेदन परेको छ । सोमबारदेखि निष्कासन भएको प्रथमिक शेयरमा बिहीबारसम्म तीन लाख २१ हजार २६ आबेदकले ६८ लाख ६८ हजार ५६० कित्ता शेयरको लागि आबेदन दिएका छन् । जुन मागभन्दा १०.१९ गुणा बढि हो ।
संस्थाले ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । यसमा ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरूको लागि छुट्ट्याएर बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणको लगि निष्कासन गरिएको थियो । नियम अनुसार संस्थाको शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
तपाईको प्रतिक्रिया