logo

इन्फिनिटी लघुवित्तको ६ लाख ७४ हजार कित्ता शेयर निष्कासन हुने

    1046   पटक पढिएको

५ जेठ/ अर्थ र व्यापार - इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको जेठ १३ गतेदेखि ६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन हुने भएको छ । यस कम्पनीको आइपीओमा कम्तिमा १० कित्ता र बढीमा ३३७० कित्ता शेयर भर्न पाइने छ । आइपिओ निष्कासन बन्द मिति छिटोमा १६ र ढिलोमा असार १० गते तोकेको छ ।

कम्पनीले ६ लाख ७४ हजार कित्तामध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ । आवेदकले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीले जारी गर्न लागेको आइपिओलाई रेटिङ ग्रेड ४ रपाएको छ । आइपीओको लागि निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ ।  धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ छ । साधारण शेयर  निष्कासन पश्चात पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले  २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।