१३ जेठ /अर्थ र व्यापार - इन्फिनिटी लघुवित्तको आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर ‘आइपिओ’ निष्काशन भएको छ । संस्थाले १०० रुपैयाँ अंकित दरमा कुल ६ लाख ७४ हजार कित्ता साधारण शेयर जारी गरेको हो ।
संस्थाले ३३ हजार ७ सय कित्ता सामूहिक लगानी कोष र १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि छुट्ट्याएको छ । पहिलो चरणमा १६ गतेसम्म निष्काशन गर्ने निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ । सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ३३ हजार ७० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । मेरो शेयरको खाता भएकाले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवदेन दिन सकिनेछ ।
प्राथमिक शेयर निष्काशनसँगै सर्वसाधारण समुह तर्फको शेयर पूँजी ६७.५ प्रतिशत अर्थात १४ करोड रुपैयाँ र सर्वसाधारण समुह तर्फको ३२.५ प्रतिशत अर्थात ६ करोड ७४ लाख रुपैयाँ सहित जम्मा २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया