logo

खर्च बढ्दा कामना सेवाको नाफा प्रभावित, वितरण योग्य मुनाफा साढे ६ करोड

    1180   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४९ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपनि इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा प्रभावित भएको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५७ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.१४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ८०.९४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ११९.६४ प्रतिशत बढेको छ।

त्यसैगरी, गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ करोड ९९ लाख रुपैयाँ रहेको यस बैंकको इम्पेरमेन्ट चार्ज चालु आवको सोही अवधिमा बढेर ९ करोड ३५ लाख पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा प्रभावित भई खुद नाफा वृद्धिदर खुम्चिन पुगेको हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.२४ प्रतिशत बढेर २१ करोड ११ लाख पुगेको छ।
२ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५९ करोड ६ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड ५५ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकले २७ अर्ब ४३ करोड ७२ लाख निक्षेप सङ्कलन गरी २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निष्क्रिय कर्जा भने गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ०.३ प्रतिशतविन्दु घटेर १.३७ प्रतिशतमा सीमित भएको छ।

पुस मसान्तसम्मममा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १२.३१ गुणा कायम भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।