२२ फागुन / अर्थ र व्यापार - काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वा्चित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ३३औं साधारणसभाले वाग्लेको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा दीपक पाण्डे, महासचिवमा अरुण राउत, कोषाध्यक्षमा राजु ढकाल, सदस्यमा संगीता कडरिया प्रसाई, सुबास पौडेल, सन्दीपबावु पौडेल, ऋषि रामपौडेल, रुद्रनाथ पोखरेल र अमृत गिरी छन् ।
नेपाली चार्टर्ड एकाउन्टेन्ट्सहरूको हकहित र संरक्षणको उद्देश्यले २०३४ सालमा स्थपित संघ गैरनाफामूलक संस्था हो । संघले विगत लामो समयदेखि नेपालमा रहेका चार्टर्ड एकाउन्टेन्ट्सको हितमा काम गर्नुका साथै सरकारलाई आर्थिक, सामाजिक, लेखा तथा करसँग सम्बन्धित विषय तथा समस्याको पहिचान, अनुसन्धान, समाधान र सुझाव दिँदै आएको महासचिव अरुण राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया