१९ माघ / अर्थ र व्यापार - सरकारले दिएको निर्देशन पालना नगरेपछि नेपाल बंगलादेश बैंक कारवाहीमा परेको छ । केन्द्रीय बैंकले नेपाल बंगलादेश बैकलाई चार करोड रुपैयाँ जरिवना गरेको जनाएको छ ।
सरकारले तोकेको प्राथमिकता प्राप्त क्षेत्र अन्तर्गत तोकेको २५ प्रतिशतको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा हुनैपर्ने व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले नेपाल बैंगलादेश बैंकलाई कारवाही गरेको हो ।
गत वर्षको कारोबारमा बैंकले कूल कर्जाको २५ प्रतिशत प्राथकिता प्राप्त क्षेत्रमा पुगेपनि सोको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा नपुर्याएको भन्दै कारवाही गरेको हो । गत वर्ष बैंकको त्यस्तौ कर्जा नौ प्रतिशत तल रहेको भन्दै कारवाही गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया