logo

कोभिडबाट विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमईपेको सहयोग

    1806   पटक पढिएको

३ पुस/अर्थ र व्यापार– आइएमईपेले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका ७९ परिवारलाई आइएमई भरोशा कोषबाट प्रति परिवार ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

आइएमई समूहले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका परिवारलाई सहयोग गर्ने उद्देश्यले आइएमई ‘भरोसा कोषको’ स्थापना गरेको हो ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

ढकालले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए ।

यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै आइएमई भरोसा कोषले पीडित परिवारहरुलाई केही हदसम्म सहयोग पुग्ने बताए ।

कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला उपस्थित थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।