logo

आइएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो

    1340   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष को दोस्रोे त्रैमाससम्म ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ६० करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ११ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा ६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा १३ दशमलव ७० प्रतिशतले मात्र वृद्धि भएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले १ हजार ८ सय ६९ वटा बीमा दाबी वापतको २ लाख २७ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, कम्पनीले समिक्षा अवधिसम्ममा २ हजार ७ सय ९८ वटा बीमा दाबी वापतको ७६ करोड ८२ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ छ भने जगेडा कोषमा १९ करोड ९० लाख रुपैयाँ संचित रहेको छ ।त्यस्तै, कम्पनीको बार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ५ पैसा रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ३६ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।