५ पुष / अर्थ र व्यापार - सिभिल बैंक संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) ले सांसदहरु बैंकको सञ्चालक रहन नपाउने ब्यवस्था गरेपछि तत्कालीन अध्यक्ष तामाङले सिभिल बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए । बाफिया लागू हुँदा तामाङ एमालेको समानुपातिक कोटाबाट सांसद रहेको थिए । अहिले उनी सांसद छैनन् । तामाङले छाडेपछि बैंकले अम्बिर बोगटीलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो ।
बैंकको पाँचौं बार्षिक साधारण सभाबाट संस्थापक लगानीकर्ताको समूहबाट ईच्छाराज तामाङ, अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोद लाल श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वा्िचत गरेको थियो । तामाङ सिभिल बैंकका सस्थापक अध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया