logo

हकप्रद सेयर निष्कासन गर्दै जलविद्युत् लगानी तथा विकास कम्पनी, सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी बन्ने

    1491   पटक पढिएको

१८ असार/अर्थ र व्यापार– जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले साउन ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाईसकेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमूल्यमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले जेठ २८ गते सेयरधनी दर्ता किताब बन्द गरिसकेकाले जेठ २७ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरका लागि साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल, ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रदका लागि क्रेडिट रेटिङ एजेन्सी ‘केयर रेटिङ नेपाल’ले ‘केयर एनपी सिङ्गल ए माइनस आइएस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।

हाल ११ अर्ब रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशन तथा बाँडफाँडपछि २२ अर्ब रुपैयाँ पुग्नेछ।हकप्रद सेयर जारी भएर सूचिकृत हुँदा कम्पनी देशकै सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी बन्नेछ। हाल सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आईएमई बैंकको रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।