२९ मंसिर / अर्थ र व्यापार - काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँस्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ । बैंकले सहयोग स्वरुप उक्त स्वास्थ्य सेवा परिषदलाई आठ हजार थान ओ. पि. डि. टिकट बुक छपाई गरेर प्रदान गरेको छ ।
बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु परिषदका अध्यक्ष हरि गोपाल श्रेष्ठलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरे । वि.सं. २०५५ मा स्थापित उक्त स्वास्थ्य सेवा परिषद सो क्षेत्रकै प्रतिष्ठित सामुदायिक अस्पताल हो ।
तपाईको प्रतिक्रिया