२७ बैशाख /अर्थ र व्यापार - हिमालयन बैंकले चैत मसान्तसम्ममा दुई अर्ब एक करोड रुपैयाँ नाफा गरेको छ । गत बर्ष सोहि अवधिको नाफा एक अर्ब ८२ करोड रुपैयाँ थियो । कस्ट अफ फण्ड ०.३३ प्रतिशत विन्दुले बढेर ६.६८ प्रतिशत पुगेको छ । खराब कर्जा ०.१२ प्रतिशत विन्दुले बढेर १.३१ प्रतिशत पुगेको छ ।
वित्तीय विवरण प्रकाशित गरेका अधिकांस बैंकको नाफा औषतमा ३० प्रतिशतले बढेको छ । व्याज आम्दानी १९ प्रतिशतले सुधार हुँदा व्याज खर्च भने २१ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा बैंकको व्याज आम्दानी ८ अर्ब ५५ करोड रुपैयाँ छ भने व्याज खर्च चार अर्ब ७९ करोड रुपैयाँ छ । खुद व्याज आम्दानी १७ प्रतिशतले बढेर तीन अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ ।
निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ भने ऋण लगानी १३ प्रतिशतले बढाएको छ । बैंकले चैत मसान्तसम्ममा एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९७ अर्ब ८५ ऋण लगानी गरेको छ । आधार व्याजदर ०.३२ प्रतिशत विन्दुले घटेर ९.१० प्रतिशत कायम भएको छ । स्प्रेडदर ०.०५ प्रतिशत विन्दुले बढेर ४.५० प्रतिशतमा झारेको छ । चुक्ता पूँजी ५ प्रतिशतले बृद्धि हुँदा पनि प्रति शेयर आम्दानी दुई रुपैयाँले बढेर ३१ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया