logo

हिमालयन बैंकद्वारा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन

    982   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार  - हिमालयन बैंकले गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २३.६२ प्रतिशत अर्थात २६ करोड ११ लाख रुपैयाँले नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

नेपाल फाइनान्सियल रिर्पोटङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय विवरण अनुसार हिमालयन बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा २० करोड ५८ लाख रुपैयाँ घटेको छ ।

गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्ममा बैंकले एक ५ करोड ३२ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब १० करोड ७८ लाख रुपैयाँ थियो । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्दछ ।

गत आवको नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश बाँडेको बैंकले चुक्ता पूँजीसँगै जगेडा कोष पनि मजबुत बन्दै गएको छ । यस त्रैमाससम्ममा हिमालयन बैंकले ८ अर्ब ११ करोड ४५ लाखबाट ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ पुगेको छ ।
यसैगरि गत पुस मसान्तमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार ६ अर्ब ६ करोड ६० लाखमा बढेृको छ । यस अवधिमा बैंकले एक अर्ब ३६ करोड ९४ लाख रुपैयाँले जगेडा मजबुत बनाएको हो ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी करिब पाँच रुपैयाँले सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २७ रुपैयाँ २६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा पुगेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.६४ गुणा बढी छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलनमा भन्दा कर्जा लगानीको वृद्धिद्धर बढी छ । यस अवधिमा बैंकले निक्षेप १४.५४ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी रकम २०.४१ प्रतिशतले बढाएको हो ।

चालू आवको दोस्रो त्रैमासम्ममा एक खर्ब ६ अर्ब १० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ८ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चालू आवको यस अवधिमा बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा बैंकले दुई अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ३३.३७ प्रतिशत अर्थात ६२ करोड ३९ लाख रुपैयाँले धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले एक अर्ब ८६ करोड ९५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निष्कृय कर्जा अनुपात यस त्रैमासमा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत रहेकोमा १.२५ प्रतिशतमा झरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।