logo

हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर प्रति राष्ट्र बैंकको शंका

    1015   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर प्रति शंका व्यक्त गरेको छ  । राष्ट्र बैंकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण गर्दा हिमालयन बैंकले प्रवाह गर्ने ऋणको गुणस्तरमा समस्या देखिएको हो । हिमालयन बैंकले आक्रामक रुपले कर्जा विस्तार गर्न्तिर लाग्दा कमजोर ऋण प्रवाह गरेको खुलासा भएको छ । बैंकले गत चैत महिनामा प्रकाशित वित्तीय विवरणमा निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ भने ऋण लगानी १३ प्रतिशतले बढाएको छ । राष्ट्रले हिमालयन बैंकलाई संयमित भएर ऋण लगानी गर्न सुझाव दिएको छ । 

घरजग्गामा लगानी गरेको ऋण कमसल खालको भएको राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकले अन्य बैंकहरुको पनि राष्ट्र बैंकले नियमन गरिरहेको छ । तर, हिमालयन बैंकको मात्र राष्ट्र बैंकले यस्तो प्रश्न उठाएको हो  । बैंक तथा वित्तीय संस्थाले आक्रमक रुपमा कर्जा बिस्तार गरेपछि राष्ट्र बैंकले सुक्ष्म रुपमा लगानीको गुणस्तरक अध्ययन गरिरहेको छ । हिमालयन बैंकलाई नाम अनुसारको काम गर्न पनि राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण टोलीले दिएको छ । ‘नाम उच्च राख्ने काम चाहिँ न्यून स्तरको’ भन्दै राष्ट्र बैंकको उक्त टोलीले गुणस्तरको प्रश्न उठाएको हो । घरजग्गा क्षेत्रमा कमसल खालको कर्जा प्रवाह गरेकाले पनि बैंकहरुको खराब कर्जा बढेको राष्ट्र बैंकको ठहर छ  । अघिल्लो चैतमा बैंकको खराब कर्जा ०.१२ प्रतिशत विन्दु रहेकोमा यस वर्षको चैतमा बढेर १.३१ प्रतिशत पुगेको छ । 

बैंकको गत चैतसम्मको विवरणमा कोषको लागत (कस्ट अफ फन्ड) र खराब कर्जा वृद्धि भएको छ । यसले गर्दा बैंकको नाफा खासै बढ्न सकेको छैन । वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकको नाफा औसतमा ३० प्रतिशतले बढेको देखिन्छ । तर, हिमालयन बैंकको १० प्रतिशतको मात्रै सुधार देखिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।