logo

हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर प्रति राष्ट्र बैंकको शंका

    1123   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले हिमालयन बैंकले प्रवाह गरेको ऋणको गुणस्तर प्रति शंका व्यक्त गरेको छ  । राष्ट्र बैंकले नियमित रुपमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षण गर्दा हिमालयन बैंकले प्रवाह गर्ने ऋणको गुणस्तरमा समस्या देखिएको हो । हिमालयन बैंकले आक्रामक रुपले कर्जा विस्तार गर्न्तिर लाग्दा कमजोर ऋण प्रवाह गरेको खुलासा भएको छ । बैंकले गत चैत महिनामा प्रकाशित वित्तीय विवरणमा निक्षेप संकलन १२ प्रतिशतले बढाएको छ भने ऋण लगानी १३ प्रतिशतले बढाएको छ । राष्ट्रले हिमालयन बैंकलाई संयमित भएर ऋण लगानी गर्न सुझाव दिएको छ । 

घरजग्गामा लगानी गरेको ऋण कमसल खालको भएको राष्ट्र बैंकको ठहर छ । राष्ट्र बैंकले अन्य बैंकहरुको पनि राष्ट्र बैंकले नियमन गरिरहेको छ । तर, हिमालयन बैंकको मात्र राष्ट्र बैंकले यस्तो प्रश्न उठाएको हो  । बैंक तथा वित्तीय संस्थाले आक्रमक रुपमा कर्जा बिस्तार गरेपछि राष्ट्र बैंकले सुक्ष्म रुपमा लगानीको गुणस्तरक अध्ययन गरिरहेको छ । हिमालयन बैंकलाई नाम अनुसारको काम गर्न पनि राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षण टोलीले दिएको छ । ‘नाम उच्च राख्ने काम चाहिँ न्यून स्तरको’ भन्दै राष्ट्र बैंकको उक्त टोलीले गुणस्तरको प्रश्न उठाएको हो । घरजग्गा क्षेत्रमा कमसल खालको कर्जा प्रवाह गरेकाले पनि बैंकहरुको खराब कर्जा बढेको राष्ट्र बैंकको ठहर छ  । अघिल्लो चैतमा बैंकको खराब कर्जा ०.१२ प्रतिशत विन्दु रहेकोमा यस वर्षको चैतमा बढेर १.३१ प्रतिशत पुगेको छ । 

बैंकको गत चैतसम्मको विवरणमा कोषको लागत (कस्ट अफ फन्ड) र खराब कर्जा वृद्धि भएको छ । यसले गर्दा बैंकको नाफा खासै बढ्न सकेको छैन । वित्तीय विवरण प्रकाशित गरेका अधिकांश बैंकको नाफा औसतमा ३० प्रतिशतले बढेको देखिन्छ । तर, हिमालयन बैंकको १० प्रतिशतको मात्रै सुधार देखिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।