२५ असार / अर्थ र व्यापार - हिमालयन बैंकको ३० लाख कित्ता ऋणपत्र साउन २ गतेदेखि खुला गरिने भएको छ । बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्न लागेको हो ।
सर्वसाधारणको लागि छुट्याएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ११ लाख ४० हजार ऋणपत्र सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । ऋणपत्र निष्कासन छिटोमा साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म रहनेछ ।
बैंकले १० प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि ऋणपत्र जारी गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
तपाईको प्रतिक्रिया