८ असार अर्थ र व्यापार - हिमालयन बैंकले ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित ‘नवीकरण अनाथ असाहाय बाल उत्थान समाज’ का बालबालिकाहरूलाई सहयोग प्रदान गरेको छ । त्यस्तै बैंकले नवीकरण अनाथ असाहाय बाल उत्थान समाजका ४२ जना बालबालिकाका लागि खाद्यान्नहरू (चामल, दाल, खाने तेल, चिउरा, चना, विस्कुट आदि) प्रदान गरेको छ ।
उक्त समाजले विभिन्न स्थानबाट ल्याइएका निकै साना अनाथ बालबालिकाहरू तथा विभिन्न उमेर समूहका बालबालिकाहरूलाई आश्रय तथा उचित शिक्षा प्रदान गर्ने गरेको पनि जनाएको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरू हस्तान्तरण गरेको भन्दै बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, वृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरूका लागि, चेतनामूलक कार्यक्रमहरू आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरू उपलब्ध गराउँदै आएको पनि जनाएको छ ।
तपाईको प्रतिक्रिया