logo

हिमालयन बैंकद्वारा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिने

    1180   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार - हिमालयन बैंकद्वारा तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रकृया अगाडि बढेको छ । जसका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरे । बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा बार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यसअघि बैंकले ७ बर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराएको थियो । उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकदै गएपछि बैंकले द्धिर्घकालिन स्रोत परिचालनका लागि अर्को ऋणपत्र निष्काशनको तयारी गरेको हो ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा कायम गरेको थियो । सो अवधिमा बैंकको पूँजीकोष अनुपात ११.३६ प्रतिशतमा खुम्चिएको छ । बैंकले लगानीयोग्य रकमको अभाव हुन नदिन र पूँजीकोष बढाउन ऋणपत्र बिक्री गर्न लागेको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।