logo

हिमालयन बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने

    1105   पटक पढिएको

२२ जेठ /अर्थ र व्यापार - हिमालयन बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० प्रतिशत व्याज दिने गरी ऋणपत्र निष्काशन गर्न लागेको हो । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार बैंकले पर्याप्त सुरक्षाको आधार जनाउने ‘केयर एनपि सिङगल ए’ प्राप्त गरेको छ । सवल संस्थागत लगानीकर्ता, अनुभवी व्यस्थापन समुह तथा पर्याप्त पूँजीकरणका कारणले बैंकले राम्रो रेटिङ प्राप्त गरेको हो। हिमालयन बैंकले विगत २७ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको छ । पाकिस्तानको हविव बैंकको संयुक्त लगानिमा हिमालयनको स्थापना भएको थियो । 

बैंकले यस अगाडि ८ प्रतिशत व्याजदरमा ७५ करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो । बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ । ऋण लगानी तथा निक्षेप संकलन अनुसार पूँजी कोष अनुपात ११.८२ प्रतिशत रहेको छ । पूँजीकोष अनुपात व्यवस्थापनको लागि पनि कम्पनीले ऋणपत्र निष्काशन गर्न लागेको हो ।  
पछिल्लो समय बाणिज्य बैंकले दीर्घकालिन पूँजीकोष व्यवस्थापनका लागि ऋणपत्र निष्काशन गर्न थालेका हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।