logo

हिमालयन रि–इन्योरेन्सलाई अनुमति दिने बीमा समितिको निर्णय

    1338   पटक पढिएको

१७ जेठ / अर्थ र व्यापार- बीमा समितिले हिमालयन रि–इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ । पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको बीमा समितिले जनाएको छ ।

बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए । निवेदन दर्ता गराउनेमा हिमालयन सहित प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए । 

बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो । समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो । प्रस्ताव आह्वान गर्नुअघि समितिमा पुनर्बीमा कम्पनी स्थापना गर्न दर्ता भएका सबै प्रस्तावहरु रद्द गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो ।

हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग  परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।

अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रि–इस्योरेन्स कम्पनी सञ्चालनमा छ । जसमा नेपाल सरकारको ४४%, विशाल ग्रुपको ३%, राष्ट्रिय बीमा कम्पनीको २.७%, सर्वसाधारणको १६% सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर स्वामित्व छ । पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।