logo

असार १ देखि हिमालयन पावरको आइपिओ बिक्रीमा

    1541   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार-आगामी असार १ गतेदेखि हिमालयन पावर पार्टनरले २१ लाख ३० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । अंकित मूल्य एक सय रुपैयाँको दरले कुल २१ करोड ३० लाख रुपैयाँको आइपिओ सर्वसाधारणका लागि खुला गर्न लागिएको हो  ।

कम्पनीको आइपिओमा ५ गतेसम्म आवेदन दिन सकिनेछ । २१ लाख ३० हजार कित्तामध्ये ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५ सय ४२ कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ ।

ग्लोबल आइएमई क्यापिटल नाचघर, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । प्रभु क्यापिटल कमलादी, रिलायबल क्यापिटल सुन्धारा, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्साल, सिभिल क्यापिटल सुन्धारा, भिबोर क्यापिटल पुल्चोक, सिबिआइएल क्यापिटल डिल्लीबजारबाट पनि आवेदन दिन सकिन्छ । त्यस्तै आस्बा प्रणालीमार्फत आफ्नो खाता भएको बैंकबाट पनि आवेदन गर्न सकिनेछ ।

लमजुङको दोर्दीखोलामा कम्पनीले २७ मेगावाटको आयोजना निर्माण गरेको छ । गैरआवासीय नेपालीहरुको सामुहिक लगानीमा स्थापना भएको यस कम्पनीले स्थानीयका लागि १० लाख ६५ हजार कित्ता आइपिओ बिक्री गरिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।