५ असार / अर्थ र व्यापार - हिमालयन पावरले निष्काशन गरेको २१ लाख ३० हजार ८३४ कित्ता सेयरका लागि झण्डै १८ गुणा बढी सेयर आवेदन परेको छ । हिमालयन पावरलाई कुल ६३ हजार सात सय ९२ वटा आवेदनबाट तीन अर्ब ८० करोड २४ लाख सात हजार रुपैंयाको सेयर माग भएको हो ।
आस्बा प्रणालीबाट मात्र कम्पनीको सेयरमा दुई अर्ब ९५ करोड ११ लाख २९ हजार रुपैंयाको सेयर आवेदन परेको छ । यसरी हेर्दा साधारण प्रकृयाबाट झण्डै ८५ करोड रुपैंयाको मात्र सेयर आवेदन परेको छ । आवेदन संख्याका आधारमा पनि आस्बाट ४३ हजार आठ सय आवेदन परेको छ भने सामान्य प्रकृयाबाट झण्डै २१ हजार वटा मात्र आवेदन परेको छ ।
नयाँ निर्दे्शिका अनुसार नै हिमालयन पावरको सेयर बाँडफाँड हुनेछ । सेयर निष्काशन बन्द भएको मितिले कम्तीमा ३० दिनमा बाँडफाँड गर्दा पहिलो साता पुग्ने भन्दैे नयाँ निर्दे्शिका अनुसार सेयर बाँडफाँड हुने हो ।
तपाईको प्रतिक्रिया