१३ असार / अर्थ र व्यापार - हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गरेको छ । हिमालयन इन्स्योरेन्स कम्पनीले १६६ प्रतिशतको अनुपातमा हकप्रद शेयरको बिक्री खुल्ला गरेको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले असार २८ देखि साउन ३१ सम्मको लागि हकप्रद बिक्री खुल्ला गरेको छ । कम्पनीले एक बराबर १.६६६७ कित्ता शेयरको अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
कम्पनीको हकप्रद शेयर असार १५ गतेसम्म कायम हुने शेयरधनीले खरिद गर्न पाउने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।
कम्पनीको हकप्रद शेयरको निष्काशन तथा बिक्री केन्द्रहरु एनएमबि क्यापिटल नागपोखरी तथा एनएमबि बैंकका कार्यालयहरु रहेको छ । कम्पनीले हकप्रद पश्चात चुक्ता पूँजी ९६ करोड तीस लाख रुपैयाँ पुग्ने छ ।
तपाईको प्रतिक्रिया