२२ माघ / अर्थ र व्यापार - हिमालयन जनरल इन्स्योरेन्सले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको लाभांश घटाएर नयाँ लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले यसअघि ५ प्रतिशत बोनस र ५ दशमलव ५ प्रतिशत नगद प्रस्ताव गरेको थियो । सो मात्राको लाभांश घटाएर कम्पनीले ४ प्रतिशत बोनस र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीलाई बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको र परिमार्जित विवरण अनुसार नाफा,नोक्सान बाँडफांडको लागि उपलब्ध रकमबाट शेयरधनीलाई उक्त लाभांश घोषणा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रस्ताव गरेको नयाँ लाभांश बीमाा समिति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
तपाईको प्रतिक्रिया