१५ असार / अर्थ र व्यापार - हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण उपलब्ध गराएको छ ।
बुधबार बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्ने छ । समारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया