३१ जेठ / अर्थ र व्यापार - बुढानीलकण्ठ–६, टुसालस्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघका बालबालिकाहरुलाई हिमालयन बैंक लिमिटेडले सहयोग प्रदान गरेको छ । सहयोग स्वरुप बैंकले बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको छ । बैंकको उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको हो ।
उक्त सहयोग बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बैंकका तर्फबाट बालबालिकाहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
देशका विभिन्न स्थानका अनाथ तथा असहाय बालबालिकाहरुलाई उक्त बाल सुधार संघले आश्रय तथा शिक्षा प्रदान गर्दै आईरहेको छ ।
तपाईको प्रतिक्रिया