३० भदौ / अर्थ र व्यापार – हिमालयन बैंकले यस वर्षको एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१७ प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समसेर जबराले अवार्ड प्रायोजन वापतको पाँच लाख चार हजार रुपैयाँ दायित्वका कार्यकारी निर्देशक डा. पुकार मल्ललाई प्रदान गरेका हुन् ।
बैंकले सन् २०१६ देखि ६ जना नेपाली फेलोहरुलाई यो अवार्ड प्रायोजन गर्दै आइरहेको छ । यी फेलोहरुले नेपालको आर्थिक समृद्धिको लागि विभिन्न सरकारी निकायहरु तथा नीति निर्माताहरुसँग सहकार्य गरी शासन प्रणालीमा नवीनता ल्याउन सहयोग पु¥याउने छन् ।
सोही अवसरमा दायित्वका तर्फबाट कार्यकारी निर्देशक डा. मल्लले बैंकका प्रमुख कार्यकारी अधिकृत राणालाई बैंकले फेलोसिप सञ्चालनका लागि गर्दै आइरहेको महत्वपूर्ण सहयोगको लागि प्रशंसा पत्र प्रदान गरे ।
तपाईको प्रतिक्रिया