१५ मंसिर/अर्थ र व्यापार– हिमालयन बैंक लिमिटेडको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रहेको छ ।
तपाईको प्रतिक्रिया