logo

हाथवे फाइनान्सको नाफामा ११ प्रतिशतले वृद्धि

    912   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - हाथवे फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ९८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलव ९० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ७७ लाख रुपैयाँ कमाएको थियो ।
३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको जगेडाकोष ७ करोड ५७ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । फाइनान्सले कर्जामा ३७ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा ६५ दशमलव ३५ प्रतिशतले वृद्धि गरेको हो ।

फाइनान्सको खुद ब्याज आम्दानी ४१ दशमलव ९३ प्रतिशतले घटेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ७७ लाख रुपैयाँ रहेको छ । गत वर्ष संचालन मुनाफा नोक्सानमा रहेको थियो । संचालन मुनाफा बढाएपनि खुद व्याज आम्दानी घटेको हुदाँ नाफामा सामान्य मात्र वृद्धि गरेको छ ।

फाइनान्सको निष्कृय कर्जा २ दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३९ दशमलव १६ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव ८३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ७४ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२ दशमलव ९१ गुणा र तरलता अनुपात ४७ दशमलव ०७ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।