logo

हाथवे फाइनान्सको ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी

    1405   पटक पढिएको

१ चैत /अर्थ र व्यापार- ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ । फाइनान्सलाई प्राप्ती गर्ने विषयमा बिहीबार  दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको हो । तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी गरेको हो ।

दुई बैंक तथा वित्तीय संस्थाले डिडिए गरेरपछि प्राप्त हुने स्वाप रेसियोका आधारमा अगाडि बढ्ने जनाएको हो । एमओयु सम्झौता भएसँगै आइतबारबाट दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर कारोबार रोक्का हुनेछ । खराव अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गरेको थियो । ह्याण्ड ओभर गरेसँगै फाइनान्सको नाफा हावथे फाइनान्सको नाममा कारोबार गर्दै आएको थियो । संस्थाको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ ।

हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गर्दा १५ करोड रुपैयाँ चुक्ता पुँजी थियो । गत वर्ष संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याएको थियो । संस्थाले अघिल्लो आर्थिक वर्षको साधारणसभाबाट थप १८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको भए पनि प्रकृया अगाडि बढाउन सकेको थिएन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको जगेडा कोष अझै ८ करोड ३५ लाख रुपैयाँले ऋणात्मक छ । दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर मूल्य ११६ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य अधिकतम १६५ रुपैयाँ र न्युनतम १०४ रुपैयाँको बीचमा कारोबार भएको थियो । ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा गाभिएको खण्डमा मात्रै बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।