४ बैशाख /अर्थ र व्यापार - ज्योति विकास बैंकसँग गाभिने सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको हाम्रो विकास बैंकको कारोबार खुला भएको छ । मर्जरको प्रक्रिया सकिएर गत चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु भएसँगै दोस्रो बजारमा पनि कारोबार खुला भएको हो ।
साविक हाम्रो विकास बैंकका शेयरधनीहरुले ज्योति विकास बैंकको कोडबाट शेयर कारोबार गर्न सक्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । हाम्रो विकास बैंकको ५० लाख ४० हजार ५३४ कित्ता शेयर ज्योति विकास बैंकको नामबाट कारोबार हुने भएको हो ।
ज्योति विकास बैंकको हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड रुपैयाँ रहेको छ । स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज भएसँगै बैंकको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ कायम हुनेछ । हाम्रो विकास बैंकको कारोबार रोक्का हुँदा दोस्रो बजारमा १३३ रुपैयाँमा कारोबार भएको थियो । बुधबार ज्योति विकास बैंकको बजार मूल्य १४१ रुपैयाँमा रहेको छ ।
तपाईको प्रतिक्रिया