१४ भदौ / अर्थ र व्यापार – जेबिल्स फाइनान्स लिमिटेडले असोज १ गतेबाट १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । भदौं १२ गतेसम्म कम्पनीको सेयर स्वामित्व हुनेले हकप्रदमा आवेदन दिन सक्नेछ । कम्पनीको हकप्रद कात्तिक ५ गतेसम्म खुला रहनेछ ।
हकप्रद जारी पछि कम्पनीको पुँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने भएको छ । कम्पनीको हकप्रदमा सनराइज क्यापिटल, सनराइज बैंकका शाखा कार्यालयहरु, कम्पनीका शाखाबाट बाट आवेदन दिन सकिनेछ । त्यस्तै, यी संस्थाको वेबसाइटबाट पनि आवेदन फारम भर्न सकिनेछ ।
कम्पनीको आव २०७३/७४ को परिस्कृत वित्तीय विवरण प्रकाशित हुँदा चुक्ता पुँजी ८० करोड पुर्याउने उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया