८ साउन / अर्थ र व्यापार – नेपाल एसबिआई बैंकले हकप्रद निष्काशनका दौरान बिक्री नभएका सेयर लिलामबाट बिक्री गर्ने भएका छन् । एसबिआई बैंकले सोमबारदेखि सेयर लिलाम गर्दैछ । एबिआईले हकप्रदमा नबिकेको चार लाख ६९ हजार ५२ दशमलव ६० कित्ता साधारण सेयर लिलाममा राखेको हो ।
साउन १६ गतेसम्म लिलाममा लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट सेयरका लागि आवेदन गर्न सकिनेछ । लिलामको बोलकबोल साउन १७ गते दिउँसो ३ः३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने छ ।
तपाईको प्रतिक्रिया