६ भदौ / अर्थ र व्यापार – अरुण फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर निश्कासन गरेको छ । फाइनान्सले १ बराबर १ अनुपातमा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । हकप्रद बिक्री खुला असोज ९ गतेसम्म हुनेछ ।
फाइनान्सको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । चुक्तापुँजी बढाउन अरुणले हकप्रद सेयर निश्कासन गरेको हो । समस्याग्रस्त फाइनानसलाई हाथवे इन्भेष्टमेन्ट कम्पनीले खरिद गरेपछि हाल सञ्चालनमा छ ।
तपाईको प्रतिक्रिया