logo

एसबिआई बैंकको हकप्रद असार ११ गतेदेखि बन्द हुँदै

    1319   पटक पढिएको

 ९ असार / अर्थ र व्यापार - नेपाल एसबिआई बैंकले जेठ ७ गते आईबारदेखि खुला गरेको हकप्रद असार ११ गतेदेखि बन्द हुँदैछ । यस अनुसार बैंकको सेयरधनीले आईतबारसम्म  हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रद निष्काशनका एनएमबि क्यापिटलले बिक्री प्रवन्धकको काम गरेको छ ।

 नेपाल एसबिआई बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद बिक्री खोलेको हो । हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन फारम बुझाउन सक्नेछन् ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा एक अर्ब १० करोड ४४ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैँया कायम गरेको छ । बैंकको सेयर नेप्सेमा विहीबार प्रतिकित्ता ९२५ रुपैयाँमा कारोबार भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।