३० असार / अर्थ र व्यापार – सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुलेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले १३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयरमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन । बैंकले एक सय रुपैयाँ अंकित मूल्यको २७ लाख ४३ हजार कित्ता हकप्रद जारी गरेको छ ।
हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । १३० प्रतिशत हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ । सप्तकोशीकोे बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया