२७ साउन / अर्थ र व्यापार – सानिमा माई हाइड्रोपावरले निष्कासन गरेको हकप्रद शेयर आजबाट बिक्री खुल्ला गरेको छ । सानिमा माईले साउन ९ गतेसम्म कायम भएका शेयरधनीहरुका लागि एक शेयर बराबर एकको अनुपातमा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले आजदेखि भदौ २९ गतेसम्म हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल रहेको छ । कम्पनीले हकप्रद निष्कासन गरेसँगै चुक्ता पूँजी दुई अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद आवेदनका लागि सनराइज क्यापिटल कमलपोखरी, सानिमा बैंकका शाखा कार्यालयहरु उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड, सूर्यविनायक तथा उपत्यका बाहिर विराटनगर, विरगंज, विर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायणगढ, नेपालगंज र पोखराबाट पाइने छ ।
तपाईको प्रतिक्रिया