३ असोज / अर्थ र व्यापार – रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेर बिक्री नभएको हकप्रद लिलाम गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारि गरेको थियो । यसमध्ये सर्बसाधारण समुहतर्फको नबिकेको दुई हजार ७९७ कित्ता हकप्रद लिलाम बिक्री गर्ने भएको हो ।
संस्थाले गत असार २५ देखि साउन २९ गतेसम्म दुई लाख ८२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । संस्थाको नबिकेको हकप्रद लिलामको लागि असोज १७ देखि २५ गतेसम्म बिक्री खुल्ला गर्ने छ । संस्थाको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।
बोलपत्र आवेदनको लागि संस्थाले न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको छ । संस्थाले न्युनतम एक सय कितादेखि अधिकतम १० ले भाग जाने अंकमा रहेर सम्पुर्ण कित्ताका लागि आवेदन दिन पाइने छ । आवेदन परेका बोलपत्र असोज २६ गते दिउँसो १२ बजे सिभिल क्यापिटल मार्केट सुनधारामा खोलिने छ ।
तपाईको प्रतिक्रिया