६ असार / अर्थ र व्यापार - नेपाल बैंगलादेश बैंकले नबिकेको हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने सूचना प्रकाशित गरेको छ । बैंकले नबिकेको शेयर असार १४ देखि २१ सम्म शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्री गर्ने छ । बैंकले ८० प्रतिशत शेयर जारी गरि बैशाख १ देखि जेठ १० गतेसम्म बिक्री गरेको थियो । बैंकले तीन करोड २० लाख ९४ हजार कित्ता हकप्रद शेयर जारी गरेकोमा नबिकेको नौ लाख ८८ हजार १२० कित्ता शेयर लिलामी बिक्रीका लागि आह्वान गरेको हो ।
संस्थापक तर्फको १९ लाख ५११ र सर्बसाधारण समुह तर्फ नौ लाख ६८ हजार ६०९ कित्ता नबिकेको हकप्रद शेयर न्यूनतम १०० रुपैयाँमा बोलकबोल मार्फत खरिद गर्न बैंकले आह्वान गरेको छ । सर्वसाधारणले न्युनतम १०० कित्ता माथि शेयर आवेदन दिन सक्ने छ । बैंकको बोलकबोल शिलबन्दी फाराम असार २३ गते खोल्ने छ ।
तपाईको प्रतिक्रिया