४ भदौ / अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले जारी गरेको हकप्रद आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ । मुक्तिनाथ विकास बैंकले चुक्ता पूँजी १ अर्ब ५४ करोड बराबरको ४० प्रतिशत हकप्रद जारि गरेको हो । कम्पनीले ६१ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको छ ।
हकप्रद जारि गरेसँगै बैंकको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ नाघ्नेछ । बैंकको हकप्रद साउन १९ गतेसम्म कायम भएका शेयरधनीहरुले १० कित्ता बराबर ४ कित्ता भर्न पाउने छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ ।
बैंकको हकप्रद आवेदन एनआईबिएल क्यापिटल लाजिम्पाट, मुक्तिनाथ विकास बैंकका सम्पुर्ण कार्यालयहरु, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालय विराटनगर, नेपालगञ्ज र धनगढीबाट दिन पाइने छ ।
तपाईको प्रतिक्रिया