३० असार / अर्थ र व्यापार – लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुलेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ ।कम्पनीको हकप्रदमा असार १२ गतेसम्म कायम सेयरधनीले यही असार ३० देखि भदौ १ गतेभित्र आवेदन गर्न पाउनेछन् । लुम्बिनी इन्स्योरेन्सको बिक्री प्रबन्धकमा सिबिआइएल क्यापिटल रहेको छ ।
लुम्बिनी जनरल इन्स्योरेन्सले शतप्रतिशत अर्थात एक बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनीको हकप्रद बिक्रीपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
तपाईको प्रतिक्रिया