४ असोज / अर्थ र व्यापार – किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेको हकप्रदमा आजबाट बिक्री खुल्ला भएको छ । संस्थाले १०० कित्ता बराबर २४.२२ कित्ताको अनुपातमा हकप्रद जारी गरेको हो । संस्थाको हालको चुक्ता पूँजी तीन करोड २२ लाख रुपैयाँ रहेको छ । साथै हकप्रद निष्काशन पछि संस्थाको चुक्ता पूँजी चार करोड रुपैयाँ पुग्ने छ ।
संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७८ हजार कित्ता हकप्रद कार्तिक ७ गतेसम्म बिक्री खुल्ला हुने छ । हकप्रद आवेदनको लागि सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरु, सिभिल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, वुटवल र नेपालगञ्जका शाखामा गएर फारम भर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया