३० असार / अर्थ र व्यापार – कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुलेको छ । कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कञ्चन डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रदमा जेठ ३१ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन ।
बैंकको हाल चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ । कञ्चन डेभलपमेन्ट बैंकको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
तपाईको प्रतिक्रिया