logo

कामना विकास बैंकको हकप्रद खुल्यो

    1580   पटक पढिएको

११ असार / अर्थ र व्यापार - कामना विकास बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले २४ करोड १३ लाख १३ हजार ७६० रुपैयाँको एक सय अङ्कित दरका २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बैंकको हकप्रदमा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल लाजिम्पाटका साथै कामना विकास बैंकको सम्पुर्ण शाखाहरुबाट आवेदन गर्न सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर,वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी शाखाहरुबाट समेत लगानीकर्ताले हकप्रदमा आवेदन बुझाउन सक्नेछन् ।
बैंकको हकप्रदमा मंसिर १० गते सम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । असार ११ गते खुला भएको बैंकको हकप्रद साउन १५ गते बन्द हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी पछि बैंकको चुक्ता पूँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।
कामना विकास बैंक सेवा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेका कारण मंसिर १० गतेयता बैंकको सेयर कारोबार भने बन्द रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।