१६ साउन / अर्थ र व्यापार – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द गुरुङले नेतृत्व सम्हालेका छन् । उनलाई बैंकले तीन महिना अघि नै साउन १३ गतेदेखि लागु हुने गरेर नियुक्ति दिएको भएपनि ती दिनमा विदा परेकोले साउन १५ गतेबाट गुरुङले कार्यभार सम्हालेका छन् । उनी यसअघि बैंकमै कायम मुकायम कार्यकारी निर्देशकको रुपमा रहेका थिए ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको साउन १२ गते पदावधि सकिएको हो । गुरुङ विगत २१ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् ।
तपाईको प्रतिक्रिया