logo

गुराँस लघुवित्तको शेयर आजदेखि निष्काशन

    1344   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - गुराँस लघुवित्तको २ लाख ३३ हजार ६२५ कित्ता शेयर बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपिओ) निष्काशन भएको छ । कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । 

लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिनेछ । लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत छिटोमा बैशाख २० गते र ढिलोमा जेठ १४ गते सम्म आबेदन गर्न सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटल रहेको छ ।

गुराँसले धितोपत्र बोर्ड चैत २६ गते जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो । पुस १० गते कम्पनीले बोर्डमा अनुमति मागेको थियो । लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ । लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।