२७ चैत्र /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डले गुराँस लघुवित्त वित्तीय संस्थालाई प्राथमिक शेयर ‘आइपिओ’ निष्काशनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले संस्थालाई दुई करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
संस्थाको हालको चुक्ता पूँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । सर्वसाधारणको शेयर हिस्सा ३२.२६ प्रतिशत हुनेछ ।
संस्थाले चालु आर्थिक वर्षको छ महिनामा ४० लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । छ महिनाको अवधिमा संस्थाले ४३ करोड ८९ लाख रुपैयाँ सापटी र ७ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको प्रधान कार्यालय धनकुटामा रहेको छ भने हाल २३ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया